युवालाई रोजगारका लागि विदेश होइन गाउँमै व्यवस्था गर्नुपर्छ: बराल
पाेखरा | कात्तिक २०, २०७९
पोखरा । नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य एवं कास्की २ मा ५ दलीय गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले विदेश र स्वदेशकै पनि विभिन्न ठाउँमा रोजगारीमा गएकाहरुलाई गाउँमै फर्केर केहीगर्ने वातावरण बनाउने बताएका छन् ।
पोखरा २० लामडाँडामा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्र्दै उनले यस्तो बताएका हुन् । आफूहरु विकासका लागि प्रतिवद्ध भएर लाग्ने भन्दै उनले वडामा रहेको मुख्य खानेपानीको समस्या हल गरेरै छाड्ने प्रतिवद्धता जनाए । वडा नम्बर २०को लामडाँडा र अन्य क्षेत्र पशुपालन, कफि र कृषि भूमि रहेकाले सबैक्षेत्रको समुचित विकास गरेर रोजगारीका लागि सहर झरेका र विभिन्न देशमा पुगेकाहरुलाई गाउँमै फर्केर गरिखाने वातावरण बनाउने उनको भनाई छ । विगतमा आफूले मत मागेर जिताएका प्रतिनिधिले काम गर्न नसक्दा विकास निर्माण र अन्य धेरैहिसावले वडा नम्बर २० अगाडि बढ्न नसकेको उनले बताए । २० मात्र नभई समग्र २ नम्बर क्षेत्रका विशेष गरेर ग्रामिण क्षेत्र विकास र पूर्वाधारका दृष्टिकोणले पछाडि परेको उनको भनाई छ ।
‘कम्युनिष्ट र कांग्रेस महत्वपूर्ण घडीमा मिलेका छौं । संघीय लोकतान्त्रिक गणतन्त्र पनि कांग्रेस र कम्युनिष्ट मिलेर ल्याएका हौं’ उनले भने,‘संविधानले धेरै व्यवस्था तथा अधिकारहरु ल्याएको भएपनि उचित ऐन नहुँदा समस्या आइरहेको छ । त्यसतै भू–उपयोग नीति सम्बन्धि ऐन बनाउन मेरो जोड हुनेछ र सम्रग देशमा स्वास्थ्य र शिक्षाका लागि उचित ऐन ल्याउन मेरो पहल हुनेछ ।’
चितवन ३ मा रास्वपाकी सोविता गौतम भारी मत अन्तरले निर्वाचित हुनुभएको छ । अन्तिम मत परिणामअनुसार गौतमले ५९ हजार २७७ मत प्राप्त गर्नुभएको हो । गौतमकी निकटतम प्रतिस्पर्धी नेकपाकी रेनु दा...
काठमाडौं। प्रतिनिधिसभा सदस्या निर्वाचन सम्पन्न भएको छ । केही स्थानमा आजैबाट मतगणना सुरु हुने बताइएको छ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न भएको सबैलाई धन्यवाद द...
गुल्मी क्षेत्र नम्वर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री प्रदीप ज्ञवालीलाई १५ हजार १२० मतान्तरले पछाडी पार्दै ...

